काठमाडौँ । असोज ११,ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागको महानिर्देशकमा सहसचिव मनदेवी श्रेष्ठ नियुक्त भएकी छन्। ऊर्जा मन्त्री कुलमान घिसिङको मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई विभागको नेतृत्व जिम्मेवारी दिइएको हो।
यसअघि विभागको नेतृत्व गर्दै आएका हरेका जीबछ मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
श्रेष्ठ विद्युत् विकास विभागको पहिलो महिला महानिर्देशक बनेकी छन्। उनले यसअघि विद्युत् नियमन आयोगको सचिवको रूपमा कार्य गरिसकेकी छन्। साथै, श्रेष्ठले अघिल्लो कार्यकालमा विद्युत् विकास विभागमै समेत विभिन्न जिम्मेवारी सम्हालेकी थिइन्।




.gif)





