images

२०८३ आश्विन २ गते

images
images
images

कोरला नाका हुँदै एक अर्ब ३७ करोडभन्दा बढी राजस्व संकलन

कोरला नाका हुँदै एक अर्ब ३७ करोडभन्दा बढी राजस्व संकलन

images
images
शनिवार, आश्विन ११ २०८२
शनिवार, आश्विन ११ २०८२
  • काठमाडौँ । असोज ११, मुस्ताङको लोमान्थाङ–२ न्हेचुङमा रहेको भन्सार कार्यालयले हालसम्म रु १ अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व संकलन गरेको छ। चीनसँगको व्यापारको लागि प्रयोगमा ल्याइएको कोरला नाका दुई साता अघि पूर्ण रूपमा सञ्चालनमा आएसँगै राजस्व संकलनमा उल्लेखनीय सुधार देखिएको हो।

    images
    images

    रसुवागढी र तातोपानी नाकाहरू बाढी र पहिरोका कारण अवरुद्ध भएपछि भन्सार विभागले कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गको रूपमा प्रयोगमा ल्याएको थियो। यो नाका भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।

    भन्सार प्रमुख रमेश खड्काका अनुसार, दुई हप्ताको अवधिमा चीनबाट आएका ७६९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरी गन्तव्यतर्फ पठाइएको छ। यसै अवधिमा भित्रिएका ३११ वटा मालवाहक कन्टेनरमध्ये २४६ वटा कन्टेनरको पनि जाँचपास सम्पन्न भई नेपाल भित्रका विभिन्न गन्तव्यतर्फ पठाइएको छ।

    images
    images

    तर हालसम्म ६५ वटा कन्टेनरको भन्सार प्रक्रिया बाँकी रहेको र ती कन्टेनरहरूमा चीनबाट आयात गरिएका मालवस्तुहरू रहेको बताइएको छ।
    भन्सार प्रमुख खड्काका अनुसार, नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादनहरू चीनतर्फ निकासी भएका छन्, तर हालसम्म जम्मा पाँचवटा कन्टेनर मात्र चीनतर्फ पठाइएका छन्।

    दसैँको अवसरमा टीकाको दिनबाहेक अन्य दिनहरूमा भन्सारको कार्यसम्पादन यथावत रहने जानकारी विभागले दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend