काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिन सकिनेछ ।
कम्पनीले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता र उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता आईपीओ जारी गरिएको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको आईपीओ असोज १० गते नै बन्द भइसकेको छ भने उद्योग प्रभावित क्षेत्रका लागि खुला गरिएको आईपीओ आज कार्यालय समयपछि बन्द गरिने कम्पनीले जनाएको छ । उद्योग प्रभावित क्षेत्रका लागि खुला आईपीओमा चितवनको रत्ननगर नगरपालिका सबै वडाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । आवेदन दिने क्रममा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ ।
पहिलो चरणको बाँडफाँड सकिएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । दोस्रो चरणको आईपीओ निष्कासन तथा बाँडफाँडको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हाल्नेछ ।




.gif)





