images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • बाढीपहिरोले ध्वस्त संरचनाको पुनर्निर्माणमा १२ अर्बभन्दा...

बाढीपहिरोले ध्वस्त संरचनाको पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान

बाढीपहिरोले ध्वस्त संरचनाको पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । असोज २२, यस वर्षको मनसुनजन्य बाढीपहिरोबाट क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

    images
    images

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज तथा स्थायी पुलको पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। साथै, गत वर्षका विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माणका लागि अझै १ अर्ब ७० करोड रुपैयाँ खर्च गर्न बाँकी छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले अवरुद्ध सडकहरूलाई उच्च प्राथमिकतामा राखेर पुनः सञ्चालनमा ल्याउने काम भइरहेको जानकारी दिएका छन्। उनका अनुसार आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको छ भने मन्त्रालयबाट नियमित अनुगमन पनि भइरहेको छ।

    images
    images

    सबैभन्दा धेरै क्षति मेची राजमार्गमा पुगेको छ, जसको पुनर्निर्माणमा मात्रै १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ।

    अन्य प्रमुख क्षति पुगेका सडकहरूमा कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति तथा नारायणघाट,मुग्लिङ राजमार्गहरू रहेका छन्, जसको पुनर्निर्माणमा करिब ३ अर्ब ७७ करोड रुपैयाँ लाग्नेछ।

    त्यस्तै, १७ वटा स्थायी पुल पुनर्निर्माणका लागि ४ अर्ब ५२ करोड, नयाँ बेलिब्रिज निर्माणका लागि ८० करोड र वैकल्पिक सडकहरूका लागि १ अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend