images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • इजरायली गुप्तचर संस्थाले नेपाली युवक बिपिन...

इजरायली गुप्तचर संस्थाले नेपाली युवक बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेपछि परिवारमा आशा पलायो

इजरायली गुप्तचर संस्थाले नेपाली युवक बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेपछि परिवारमा आशा पलायो

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । असोज २२, हमासद्वारा अपहरणमा परेका नेपाली युवक बिपिन जोशीको अर्को भिडियो इजरायली गुप्तचर संस्थाहरूले फेला पारेका छन्। जेरुसेलम पोस्टको रिपोर्ट अनुसार, दुई वर्ष पुरानो उक्त भिडियो बुधबार साँझ सार्वजनिक गरिनेछ।

    images
    images

    यसअघि जोशीको गाजास्थित एक अस्पतालमा रहेको एक मात्र भिडियो सार्वजनिक भएको थियो। नयाँ भिडियो सार्वजनिक हुने तयारी सँगै जोशी जीवितै रहेकोमा उनको परिवार र नेपाली समुदायबीच पुनः आशा पलाएको छ।

    परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“गाजामा भेटिएको जीवनको यो प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, हामीलाई उनी जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिन्छ।”

    images
    images

    जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमण हुनुभन्दा तीन साताअघि इजरायलको कृषि शिक्षा कार्यक्रममा सहभागी हुन पुगेका थिए। हमासले उनलाई इजरायलको किबुट्ज अलुमिमबाट अपहरण गरेको थियो। यस स्थानमा धेरै नेपालीहरू बसोबास गरिरहेका थिए।

    वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार, आक्रमणको बेला जोशीले आफ्नो आश्रयमा रहेका अरूको ज्यान जोगाउन एक ग्रेनेड समातेर बाहिर फ्याँकेका थिए। त्यस घटनापछि उनलाई हमासले कब्जा गरेको बताइएको छ।

    हालसम्म अस्पतालको भिडियो बाहेक उनको अवस्थाबारे प्रष्ट संकेत थिएन। तर बुधबार बेलुकी सार्वजनिक हुने भनिएको नयाँ भिडियोले उनको जीवनको थप पुष्टि दिने विश्वास गरिएको छ।

    भिडियोमा के छ भन्ने विवरण अहिले सार्वजनिक गरिएको छैन। यद्यपि, उक्त भिडियो सार्वजनिक भएपछि जोशीको सकुशल रिहाइ प्रति परिवार तथा सम्पूर्ण नेपाली समुदायको आशा झनै बलियो बनेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend