images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा, आइतबारदेखि...

बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा, आइतबारदेखि दुईतर्फी सञ्चालन हुने

बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा, आइतबारदेखि दुईतर्फी सञ्चालन हुने

images
images
शनिवार, आश्विन २५ २०८२
शनिवार, आश्विन २५ २०८२
  • काठमाडौँ । असोज २५, बागमती, मधेस र कोशी प्रदेशलाई जोड्ने महत्वपूर्ण बिपी राजमार्ग एक सातापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। असोज १७, १८ र १९ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले राजमार्गका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सडक आवागमन अवरुद्ध भएको थियो।

    images
    images

    संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार काभ्रे र सिन्धुलीका १३ स्थानमा करिब चार किलोमिटर सडकमा क्षति पुगेको छ। क्षतिग्रस्त भागलाई अस्थायी रूपमा मर्मत गरी शुक्रबार दिउँसो देखि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो। उहाँका अनुसार आइतबार देखि राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा ल्याइनेछ।

    सडक मर्मतका लागि रोशीखोलामा डाइभर्सन निर्माण, बगर मिलाउने, खाल्डाखुल्डी पुर्ने लगायतका काम गरिएको छ। मर्मत कार्य असोज २० गते सोमबार देखि सुरु गरिएको थियो।

    images
    images

    सबैभन्दा बढी क्षति काभ्रेको चौकीडाँडामा पुगेको थियो भने कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो र तल्लो), मान्ती (माथिल्लो र तल्लो) लगायतका स्थानमा पनि सडक बिग्रिएको छ। सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल) क्षेत्रमा समेत क्षति पुगेको जनाइएको छ।

    यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गर्नुभएको थियो। उहाँले राति पनि काम गरिने गरी उपकरण र जनशक्ति थप गर्न निर्देशन दिनुभएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend