images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सानिमा बैंकद्वारा ३.३९ लाख संस्थापक शेयर...

सानिमा बैंकद्वारा ३.३९ लाख संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

सानिमा बैंकद्वारा ३.३९ लाख संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

images
images
मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौँ । असोज २८, सानिमा बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र लक्षित गरी खुलाइएको उक्त शेयरमा आवेदन नपरेपछि अब सर्वसाधारण सहित इच्छुक सबैलाई खरिद गर्न दिने गरी पुनः बिक्री प्रक्रिया सुरु गरिएको हो।

    images
    images

    बैंकले प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँ तोकेर उक्त शेयर बिक्रीमा ल्याएको छ। संस्थापक शेयर किन्नका लागि इच्छुक व्यक्ति, कम्पनी, संघसंस्था वा अन्य सरोकारवाला जो कोहीले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    शेयर खरीद गर्न चाहनेले १५ दिनभित्र काठमाडौँको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा उपस्थित भई आवेदन दिनुपर्नेछ। आवेदन दिँदा इच्छाइएको शेयर संख्या र सोको मूल्य उल्लेख गर्नुका साथै आवश्यक कागजातहरू समेत पेश गर्नु पर्नेछ।

    images
    images

    सानिमा बैंकका अनुसार, न्यूनतम ५० हजार कित्ताका लागि मात्र आवेदन दिन मिल्ने छ। यस अभियानबाट संस्थापक शेयर खरिद गर्न चाहने नयाँ लगानीकर्ताहरूले पनि अवसर पाउने भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend