images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने...

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन

images
images
बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौँ । असोज ३०, मुक्तिनाथ विकास बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्न आज असोज ३० गते (बिहिवार) अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि असोज ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। त्यसैले आजसम्म कायम सेयरधनीहरू मात्रै लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

    images
    images

    बैंकले आफ्नो १९औं वार्षिक साधारणसभा कात्तिक १५ गते पोखरास्थित होटल ग्रान्ड पार्दी मा बिहान १० बजे बोलाएको छ।

    साधारणसभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित कुल १८.२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) रहेका छन्।

    images
    images

    साथै, सभाले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ। साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने प्रस्ताव समेत सभामा पेस हुनेछ।

    सभामा प्रस्तुत हुने विशेष प्रस्ताव अनुसार, बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख ८८ हजार ७६७.११ रुपैयाँ पुग्नेछ। यससँगै, अघिल्लो वर्ष पारित भएको १ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी भएपछि बैंकको कुल जारी तथा चुक्ता पुँजी ९ अर्ब ३ लाख ८८ हजार ७६७.११ रुपैयाँ पुग्नेछ।

    साधारणसभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायको रायसुझाव अनुसार जिम्मेवारी पाएको व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ।

    त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend