images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • “सहकारी ठगहरूलाई नछाड्ने, पीडितलाई न्याय दिलाउने”...

“सहकारी ठगहरूलाई नछाड्ने, पीडितलाई न्याय दिलाउने” प्रधानमन्त्री कार्की

“सहकारी ठगहरूलाई नछाड्ने, पीडितलाई न्याय दिलाउने” प्रधानमन्त्री कार्की

images
images
बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौँ । असोज ३०, प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगीको चपेटामा परेका नागरिकका लागि न्याय सुनिश्चित गर्न सरकार दृढ रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक महत्वपूर्ण छलफलमा उहाँले ठगी गर्नेहरूलाई कुनै हालतमा नछाडिने चेतावनी दिनुभयो।

    images
    images

    छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्कटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी तथा सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका प्रतिनिधिहरूको उपस्थिति थियो।

    प्रधानमन्त्री कार्कीले सहकारी ठगी गर्नेहरू माथि कानुनी कारबाहीलाई अझ प्रभावकारी बनाउन आवश्यक परे कानुन संशोधन गर्न पनि सरकार तयार रहेको बताउनु भयो। “ठगेर खानेलाई छाड्न मिल्दैन। बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौँ, जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ,” उहाँले भन्नुभयो।

    images
    images

    प्रधानमन्त्रीले वर्तमान सरकारका प्राथमिक कामहरूमा निर्वाचन सम्पन्न गर्नु, भ्रष्टाचारको विरुद्ध कारबाही गर्नु र सहकारी ठगी समस्याको समाधान गर्नु रहेको उल्लेख गर्दै, ठगिएका व्यक्तिहरूको सम्पत्ति लिलाम गरेर भए पनि पीडितको रकम फिर्ता गराउनु पर्नेमा जोड दिनुभयो। “पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ,” उहाँको भनाइ थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend