काठमाडौँ । कात्तिक १, सरकारले चालु आर्थिक वर्षको असोज महिनासम्म लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको देखिएको छ। अर्थ मन्त्रालयका अनुसार असोज महिनाको लागि निर्धारण गरिएको १ खर्ब ३ अर्ब ७ करोड रूपैयाँ राजस्व लक्ष्यको मुकाबिलामा केवल ९२ अर्ब ४७ करोड रूपैयाँ मात्र संकलन भएको छ, जुन कुल लक्ष्यको ८९.७१ प्रतिशत मात्र हो।
असोज ३१ गते मात्र ८ अर्ब ६ करोड रूपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ।
चालु आर्थिक वर्ष २०८२।८३ मा सरकारको वार्षिक राजस्व संकलन लक्ष्य १४ खर्ब ८० अर्ब रूपैयाँ रहेको छ। त्यसअनुसार असोज महिनासम्म ३ खर्ब २१ अर्ब ५३ करोड रूपैयाँ संकलन गर्नुपर्ने लक्ष्य थियो। तर, असोज ३१ सम्म जम्मा २ खर्ब ५१ अर्ब १८ करोड रूपैयाँ मात्र संकलन भएको छ, जुन लक्ष्यको ७८.१२ प्रतिशत हो।
अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब १ करोड रूपैयाँ राजस्व संकलन भएको थियो। त्यही वर्ष असोज महिनामा मात्र ८३ अर्ब ५० करोड रूपैयाँ संकलन गरिएको थियो। यस वर्षको तुलनामा अघिल्लो वर्ष असोज महिनामा संकलन अधिक देखिएको छ।
राजस्व संकलन लक्ष्यमा पछाडि परेका कारण सरकारको खर्च र बजेट कार्यान्वयनमा असर पर्ने देखिएको विश्लेषकहरू बताउँछन्।




.gif)





