images

२०८३ आश्विन २ गते

images
images
images

तिहार र छठमा केराको थामबाट उल्लेखनीय आम्दानी

तिहार र छठमा केराको थामबाट उल्लेखनीय आम्दानी

images
images
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौँ । महोत्तरी, मिथिला क्षेत्र प्राचीन मिथिला क्षेत्रका तिहार र छठजस्ता कृषिमैत्री पर्वहरूले महोत्तरीका केरा खेतीमा संलग्न किसानहरूलाई उल्लेखनीय आम्दानीको अवसर दिएका छन्। यी पर्वहरूमा केराको फल मात्र नभई बिरुवाबाट निस्कने कोथाहरू (थाम) पनि बिक्री हुने गरेको छ, जसले गर्दा किसानहरूको आम्दानी बढेको हो।

    images
    images

    छठ पर्वमा सूर्यलाई अघ्र्य दिँदा केराका घरी अनिवार्य मानिन्छ भने तिहारमा लक्ष्मीपूजाका दिन व्यापारिक प्रतिष्ठानहरूमा केराको थामले स्वागतद्वार बनाउने परम्परा छ। यस चलनका कारण बजारमा थामको माग अत्यधिक हुने गरेको छ।

    भङ्गाहा–४ का किसान रामधारीसिंह थारूले थाम बिक्रीका लागि अग्रिम ‘बैना’ रकमकै रूपमा पाँच हजार रुपैयाँ लिइसकेको जानकारी दिए। उनका अनुसार केराका झ्याङबाट उत्पादन हुने अतिरिक्त कोथाहरू, जुन सामान्यतया उखालेर फालिने – यतिबेला बिक्री हुने भएकाले यो समयलाई किसानहरूले ‘केराको अमृत बेला’ भन्ने गरेका छन्।

    images
    images

    भङ्गाहा–६ का अर्का किसान सुवालाल राय यादवले पछिल्ला तीन वर्षयता कोथा बेचेर मात्रै करिब १० हजार रुपैयाँ कमाइ सकेको बताए। बजारमा एउटा कोथाको जोडी ३०० रुपैयाँ सम्म पाउने गरेको छ।

    यद्यपि, जिल्लामा केराको खेतीको अपार सम्भावना हुँदाहुँदै पनि हाल करिब २८० हेक्टर क्षेत्रफलमा मात्र यसको व्यावसायिक खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार किसानहरूले इच्छाशक्ति देखाएमा उन्नत जातका बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराइने छ।

    केराको उत्पादन र उपयोग दुवैबाट किसानलाई लाभ हुने यी पर्वहरूले कृषि र संस्कृति दुवैको सेतुको रूपमा काम गरिरहेको प्रष्ट देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend