काठमाडौँ । कात्तिक २, आइतवारको कारोबारी दिनमा नेपाल शेयर बजार नेप्से दोहोरो अंकले वृद्धि भएको छ। बजार परिसूचक १६।६७ अंकले बढेर २,५०३ बिन्दुमा पुग्न सफल भएको हो।
आज कुल २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका २४९ कम्पनीमध्ये १६३ कम्पनीको शेयर मूल्यमा वृद्धि, ७८ कम्पनीको मूल्यमा गिरावट, र ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
लगानीकर्तालाई सबैभन्दा धेरै कमाइ गराउने कम्पनी बनेको छ आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, जसको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो।
अर्कोतर्फ, हिमालयन ८०–२० योजनामा लगानी गर्ने लगानीकर्तालाई भने आजको दिन घाटा व्यहोर्नु परेको छ। सो योजनाको मूल्य ६।१० प्रतिशतले घटेको छ, जसका कारण लगानीकर्ताले उल्लेखनीय रकम गुमाएका छन्।




.gif)





