काठमाडौँ । कात्तिक ३, सिन्धु विकास बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेका ७,१५,६३५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।
बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यी शेयरहरू बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकताका साथ बिक्री खुला गरेको थियो। तर, तोकिएको समयभित्र आवश्यक आवेदन नपरेपछि अब यी शेयरहरू सर्वसाधारण लगानीकर्ता, कम्पनी तथा संघसंस्थाहरूका लागि खुला गरिएको बैंकले जनाएको छ।
इच्छुक पक्षहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयरको संख्या खुलाएर, बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्नेछ।




.gif)





