images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • गरिमा विकास बैंकको लाभांश प्रस्ताव पारित...

गरिमा विकास बैंकको लाभांश प्रस्ताव पारित गर्न उन्नाइसौँ वार्षिक साधारण सभा आह्वान

गरिमा विकास बैंकको लाभांश प्रस्ताव पारित गर्न उन्नाइसौँ वार्षिक साधारण सभा आह्वान

images
images
मंगलवार, कार्तिक ४ २०८२
मंगलवार, कार्तिक ४ २०८२
  • काठमाडौँ । कात्तिक ४, गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई वितरण गर्न लागिएको लाभांश प्रस्ताव पारित गर्न उन्नाइसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा कात्तिक २७ गते, बिहीबार, पोखराको होटल पोखरा ग्राण्ड, बिरौटामा बिहान ११ः०० बजे आयोजना हुने बैंकले जनाएको छ।

    images
    images

    बैंकको सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव यस सभामा पेश गर्नेछ। साथै, सभाले रजिष्टर्ड कार्यालय स्थानान्तरण, बैंकको छाप तथा लोगो परिवर्तन, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका महत्वपूर्ण प्रस्तावहरू पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भई नाममा शेयर कायम गरेका शेयरधनीहरूले सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend