images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • सरकारले तीन नयाँ प्रसारण लाइन निर्माणका...

सरकारले तीन नयाँ प्रसारण लाइन निर्माणका लागि अनुमति

सरकारले तीन नयाँ प्रसारण लाइन निर्माणका लागि अनुमति

images
images
शनिवार, कार्तिक ८ २०८२
शनिवार, कार्तिक ८ २०८२
  • काठमाडौँ । कात्तिक ८, सरकारले चालु आर्थिक वर्षमा हालसम्म तीन वटा नयाँ प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ।

    images
    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागका अनुसार, भेरी करिडोरको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको नलगाड,मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति दिइएको छ। करिब ७५ किलोमिटर लामो उक्त प्रसारण लाइनको क्षमता ४०० केभी हुनेछ, जसले करिब २,४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्नेछ। यसको निर्माण राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले गर्नेछ।

    यस्तै, ३३ केभी क्षमताको खोरुङगा खोला प्रसारण लाइन निर्माणका लागि पनि अनुमति दिइएको छ। करिब ४.३८ किलोमिटर लामो उक्त लाइनले ४.८ मेगावाट बिजुली प्रवाह गर्नेछ। सो प्रसारण लाइन स्थानीय जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रणालीमा जोड्ने उद्देश्यले निर्माण हुँदैछ।

    images
    images

    त्यसैगरी, सुपर सर्दी खोला हाइड्रोपावरले उत्पादित बिजुली प्रणालीमा जोड्नका लागि ३३ केभी क्षमताको ३.६८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न अनुमति पाएको छ। यसबाट २.९ मेगावाट बिजुली प्रवाह हुनेछ।

    विभागका अनुसार हालसम्म २७४ वटा साना तथा ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिएको छ। चालु आवसम्म ८ वटा प्रसारण लाइन परियोजनाका लागि सर्वेक्षण अनुमति पनि दिइ सकिएको छ। तीमध्ये मध्य चमेलिया (१३२ केभी), बेल्डिया सोलार पावर, फालेखु खोला (१३२ केभी), जानकी सोलार पावर लाइन, दुधकोशी पाँचौँ (२२‍० केभी), समुन्द्रटार लप्सेफेदी (२३२ केभी), डाडाँखेती बुर्तीबाङ (१३२ केभी) र सानी भेरी (१३२ केभी) परियोजनाहरू रहेका छन्।

    हालसम्म विभागले १४४ प्रसारण लाइन परियोजनाका लागि सर्वेक्षण अनुमति दिइसकेको छ। साथै, २१ वटा नयाँ प्रसारण लाइनका लागि आवेदन दर्ता भएका छन्, जसमा चालु आवमा मात्र ११ परियोजनाले अनुमति मागेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend