काठमाडौँ । कात्तिक ९, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्कासनमा ल्याएको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन रहेको छ।
बैंकले हाल कायम १ कित्ता बराबर १ कित्ता (१ः१ अनुपात) का दरले हकप्रद शेयर जारी गरेको हो। यसअन्तर्गत बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ, जसको कुल मूल्य २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबर पर्छ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार गरी शेयरधनी बनेका लगानीकर्ताले मात्र यसमा आवेदन दिन पाउने छन्।
इक्रा नेपालले बैंकलाई प्रदान गरेको इक्राएनपी इश्यूअर रेटिङ ‘सी प्लस’ रेटिङले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
यस हकप्रद निष्कासनको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आवेदन ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको भुमही ९नवलपरासी० शाखा, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय (चितवन) सहित यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिन्छ।
हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।
बैंकले हकप्रद शेयरबाट संकलित रकम धितोपत्र, सरकारी ऋणपत्र, म्युचुअल फण्डमा लगानी गर्ने तथा भौतिक पूर्वाधार र शाखा विस्तारका लागि प्रयोग गर्ने योजना रहेको जनाएको छ।




.gif)





