काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्ना १० जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको छ।
बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी सेयर बिक्रीको प्रस्ताव गरेको थियो। तर सो अवधिमा कुनै पनि आवेदन नपरेपछि अब आम सर्वसाधारणका लागि सेयर बिक्री प्रक्रिया अगाडि बढाइएको बैंकले जनाएको छ।
बैंकका अनुसार इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको “फिट एण्ड टेष्ट” मापदण्ड पूरा हुने कागजातसहित आवेदन बुझाउनुपर्नेछ।
सेयर खरिदका लागि आवेदन बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेश गर्न सकिनेछ।




.gif)





