images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • स्याङ्जामा यो वर्ष सुन्तला उत्पादन बढ्ने...

स्याङ्जामा यो वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान

स्याङ्जामा यो वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • वालिङ(स्याङ्जा)। स्याङ्जामा यो वर्ष सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको छ । अनुकूल मौसम तथा रोगकिराको सङ्क्रमण कम भएका कारण गएको वर्षको तुलनामा यो वर्ष सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको हो ।आठ वर्ष पहिला ८ सय ५० हेक्टरमा सुन्तला उत्पादन भएकोमा अहिले यसमा निक्कै बढेको छ । पछिल्लो समय दुई हजार ३५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई स्याङ्जाका प्रमुख अजय अधिकारीले जानकारी दिनुभयो ।

    images
    images

    गत वर्ष १९ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको स्याङ्जामा यस वर्ष उत्पादन बढ्ने उहाँको अनुमान छ । गएको वर्ष मात्रै स्याङ्जाका किसानले सुन्तला बेचेर १ अर्ब १२ करोडभन्दा धेरै आम्दानी गरेका थिए ।विगतका वर्षको तुलनामा यस वर्ष सुुन्तला उत्पादन बढेको भन्दै स्याङ्जाका किसानहरु खुसी भएका छन् । अनुुकुुल मौसम, रोग र किराको न्यून प्रभावका कारण जिल्लाको सुन्तलाले बजारमा राम्रो मूल्य पाउँदै आएको सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले जानकारी दिनुभयो ।

    स्याङ्जाको सुन्तलाको माग धेरै हुने भएकाले बजारमा बिक्रीका लागि आइ सकेको अध्यक्ष बोधराज अर्यालले बताउनुभयो । उहाँका अनुसार सुन्तलामा गुलियो पसिसकेको छ भने पहेँलो बन्ने क्रममा रहेको छ ।सुन्तला खरिदका लागि गाउँगाउँमा व्यापारी पुग्न थालेका छन् । कतिपय व्यापारीले सुन्तला खरिद गरिसकेको वालिङ नगरपालिका–५ का कृषक तिलक गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुन्तला किन्नका लागि व्यापारीहरु गाउँमा आइसकेका छन्, हामीले बिचार गरेर बल्ल बेच्छौं ।”पछिल्लो समय स्याङ्जामा व्यावसायिक सुन्तला खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । राम्रो मूल्य पाइने र धेरै मेहनत गर्नै नपर्ने भए पछि कृषकहरु यस तर्फ आकर्षित भएका हुन् । संघ, प्रदेश मात्रै होइन स्थानीय तहले पनि सुन्तला कृषकलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएका अध्यक्ष अर्यालले बताउनुभयो ।   

    images
    images

    स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । पछिल्लो समय जिल्लामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको सोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ ।११ पालिकाका प्राय सबै क्षेत्रमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेती विस्तार भएको हो । जिल्लाका पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेट क्षेत्र हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend