images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • मेयर बालेनले गृहमन्त्रीलाई हटाउन दबाब दिएको...

मेयर बालेनले गृहमन्त्रीलाई हटाउन दबाब दिएको समाचार झुटोः प्रधानमन्त्री कार्कीको सचिवालय

मेयर बालेनले गृहमन्त्रीलाई हटाउन दबाब दिएको समाचार झुटोः प्रधानमन्त्री कार्कीको सचिवालय

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौं ।  पछिल्ला केही दिनयता  ‘गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दबाब दिएको’ दाबीसहित विभिन्न संचारमाध्यममा आएका समाचारमा सत्यता नभएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले स्पष्ट पारेको छ ।प्रधानमन्त्रीको सचिवालयले एक विज्ञप्ति जारी गर्दै यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ ।

    images
    images

    विज्ञप्रिमा भनिएको छ ‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ।’विज्ञप्तिमा अगाडि भनिएको छ ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।’

    जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend