images

२०८३ आश्विन २ गते

images
images
images

९४ अर्बभन्दा बढी सामाजिक सुरक्षा कोषमा रकम संकलन

९४ अर्बभन्दा बढी सामाजिक सुरक्षा कोषमा रकम संकलन

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौँ । कात्तिक १६, सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब ९ करोड १ लाख ७९ हजार बराबरको रकम संकलन भएको कोषले जनाएको छ। कोषका अनुसार हालसम्म रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम विभिन्न शीर्षकमा योगदानकर्तालाई भुक्तानी गरिएको छ।

    images
    images

    कोषमा हालसम्म २५ लाख ९२ हजार १४१ जना सूचीकृत योगदानकर्ता रहेका छन् भने २२ हजार १२५ रोजगारदाता सूचीकृत भएका छन्। कोषले अझै बाँकी रोजगारदातालाई सूचीकृत गराउन पहल भइरहेको जनाएको छ।

    भुक्तानीको विवरणअनुसार, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी शीर्षकमा रु २ अर्ब ४२ करोड ५० लाख ८१ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी शीर्षकमा रु २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दाबी शीर्षकमा रु २८ करोड ३५ लाख ९७ हजार,र अवकाश दाबी शीर्षकमा रु १४ अर्ब ३६ करोड १२ लाख ८ हजार भुक्तानी गरिएको कोषले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend