images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति...

मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुदै

मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुदै

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ ।बैंकको हालै पोखरामा सम्पन्न भएको १९ औं वार्षिक साधारणसभाले वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो । अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा बसेको साधारणसभाले चुक्ता पूँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्‍याउने र वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो ।

    images
    images

    ‘पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने र नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको लागि प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइएको छ’ अध्यक्ष मल्लले भने ।त्यस्तै सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव स्वीकृत गरेको छ । उक्त लाभांस मध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस (बोनस सेयर र नगद लाभांसको कर सहित) रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend