images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा उल्लेखनीय वृद्धि,दुई...

डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा उल्लेखनीय वृद्धि,दुई महिनामा ६ खर्ब बढीको भुक्तानी

डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा उल्लेखनीय वृद्धि,दुई महिनामा ६ खर्ब बढीको भुक्तानी

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार डेबिट कार्ड, मोबाइल बैंकिङ र क्यु–आर कोड भुक्तानीमार्फत गरिएको कारोबार कुल ६ खर्ब ५७ अर्ब ७० करोड पुगेको छ। 

    images
    images

    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा डेविट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबारमार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार गरेका छन्।

    त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ६ करोड २५ लाख कारोबारबाट ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सो अवधिमा क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड १० लाख वटा कारोबारमार्फत १ खर्ब १ अर्ब २३ करोड कारोबार भएकाे छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend