images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • बाँकेमा एक लाख ६० हजार मेट्रिक...

बाँकेमा एक लाख ६० हजार मेट्रिक टन धान उत्पादन

बाँकेमा एक लाख ६० हजार मेट्रिक टन धान उत्पादन

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • नेपालगन्ज। बाँके जिल्लामा यस वर्ष एक लाख ६० हजार मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।सुरुदेखिनै अनुकुल मौसम र समयमा रोपाइँ भएको तथा पछिल्लो पटकको वर्षामा क्षति पनि नभएकोले यस वर्ष विगत भन्दा १५ हजार मेट्रिकटन बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खडक बस्नेतले बताउनुभयो । उहाँले यस वर्ष जिल्लामा किसानका लागि सुरुदेखिनै मौसम अनुकुल भएको र बिचमा बाढी आएर धान नोक्सानी पनि नभएकोले धानको उत्पादनमा वृद्धि भएको बताउनुभयो । 

    images
    images

    अहिले धान भित्रयाउने कार्य अन्तिम चरणमा पुगेको जनाउँदै अधिकृत बस्नेतले कृषि ज्ञान केन्द्रलाई प्राप्त भएको उत्पादनको तथ्याङ्क अनुसार यस वर्ष ३४ हजार ७११ हेक्टरमा धान खेती गरिएकोमा प्रति हेक्टर ४.६ मेट्रिकटन उत्पादन भई कुल एक लाख ६० हजार मेट्रिकटन धान उत्पादन हुने बताउनुभयो । गत वर्ष ३४ हजार ५०२ हेक्टरमा धान खेती गरिएकोमा प्रति हेक्टर ४.२ मेट्रिकटनका हिसाबले उत्पादन भएर एक लाख ४५ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । 

    बाँकेमा धान उत्पादनमा यस वर्ष १५ हजार मेट्रिकटन वृद्धि हुने जनाउँदै सो कार्यालयले सिँचाइको थप सुविधा बढ्दै गएको खेती र उत्पादन दुबै वृद्धि हुँदै जाने जनाएको छ । उत्पादनमा वृद्धि भएपछि किसानहरू निकै खुसी देखिएका छन् । जिल्लाका अधिकांश किसानले सरकारले तोकेको मुल्यमा धान बिक्री गर्न सकिने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। डुडुवा गाउँपालिका–५ का किसान रमेश मौर्यले गतवर्ष भन्दा यसवर्ष धानको उत्पादन वृद्धि भएकोले आफू लगायत यस क्षेत्रका सबै किसानको अनुहार उज्यालो देखिएको बताउनुभयो । उहाँले समयमा नै पानी परेको र मलको समस्या भए पनि समयमा नै रोपाइँ भएकाले धानको उत्पादन बढेको जनाउनुभयो । सरकारले समयमा किसानलाई मल खाद्य उपलब्ध गराउन सके उत्पादनमा झन् वृद्धि हुने अधिकांश किसानको भनाइ छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend