images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीमा क्षेत्रबाट थप आर्थिक सहयोग जुटाइएको छ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड रुपैयाँ चेक मंगलबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन्।नेशनल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उक्त रकम अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्। 

    images
    images

    कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण लगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे।

    कम्पनीले यस प्रयोजनको लागि नियामक निकायवाट जारी निर्देशन अनुसार प्रत्येक आर्थिक वर्षको खुदमुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend