images

२०८३ आश्विन २ गते

images
images
images

१००० रुपैयाँ दरको ४३ करोड थान नेपाली नोट चीनमा छापिने

१००० रुपैयाँ दरको ४३ करोड थान नेपाली नोट चीनमा छापिने

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाडौं । १००० रुपैयाँ दरको ४३ करोड थान नेपाली नोट चीनमा छापिने भएको छ । १००० को नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको हो ।१ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा उक्त नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी गर्नेगरी चिनियाँ कम्पनीले ठेक्का पाएको हो ।

    images
    images

    कम्पनीले राष्ट्र बैंकले तोकेको सर्तमा रहेर पेश गरेको बोलपत्रमा उक्त नोट छपाईका लागी कम्पनीले गरेको आर्थिक प्रस्ताव सबैभन्दा कम भएपछि उक्त नोट छपाईको ठेक्काकम्पनीलाई दिनेको लागि राष्ट्र बैंकले आशयपत्र राष्ट्र बैंकले पठाएको छ ।यसअघि ५ रूपैयाँ दरका ३५ करोड थान, १० रूपैयाँ दरका ३४ करोड थान, १०० रूपैयाँ दरका ३० करोड थाप, ५०० रूपैयाँ दरका २३ करोड थान र ५० रूपैयाँ दरका ४२ करोड थान नेपाली नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीले नै पाएको थियो ।

    राष्ट्र बैंकले नोट छपाइका लागि पूर्व योग्यता पूरा गर्ने कम्पनीहरू चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् हुन् । ती ६ वटा कम्पनीलाई गोप्य बोलपत्र प्रस्ताव माग भएकामा हजारको नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीले नै जिम्मा पाएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend