काठमाडौं,२३ गते कार्तिक । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको स्वतन्त्र सञ्चालक पदमा गोपाल घिमिरेलाई नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ५६औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल कात्तिक २१ गतेदेखि लागू भई चार वर्षको रहने कम्पनीले जनाएको छ।




.gif)



