images

२०८३ आश्विन २ गते

images
images
images

प्रभु बैंकको नाफा ४६.३३ प्रतिशतले घट्यो

प्रभु बैंकको नाफा ४६.३३ प्रतिशतले घट्यो

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५५ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ४६.३३ प्रतिशतले घटेको हो । 

    images
    images

    गत आवको पहिलो त्रैमासमा यो बैंकले एक अर्ब चार करोड नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा दुई अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष दुई अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

    समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४० करोड ६० लाख रुपैयाँ रहेको छ। चालु वर्षको प्रथम त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १७.६८ रुपैयाँ थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend