काठमाडौँ । कात्तिक २६, लामो समयदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण सम्बन्धी विवाद अन्ततः समाधान भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र शहरी विकास मन्त्रीको उपस्थितिमा मंगलबार राति करिब १० बजेसम्म चलेको त्रिपक्षीय छलफलपछि सहमति जुटेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न छलफलमा सम्बन्धित तीन मन्त्रालयका सचिवहरू, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरू र अन्य सरोकारवालाहरू सहभागी थिए।
छलफलपछि सबै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर गरी आयोजनाको पथान्तरण सम्बन्धी विवाद समाधान गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
यससँगै मेलम्चीको पानी आपूर्ति सम्बन्धी काम पुनः सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। समितिका अनुसार अब बाँकी प्राविधिक तयारी र परीक्षणका काम तीव्रगतिमा अघि बढाइनेछ।




.gif)





