images

२०८३ आश्विन २ गते

images
images
images

अब हप्तामा चारपटक भोजपुर–काठमाडौँ उडान

अब हप्तामा चारपटक भोजपुर–काठमाडौँ उडान

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • भोजपुर । कात्तिक २६, नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ हवाई मार्गमा उडान संख्या बढाएको छ। यसअघि हप्तामा दुईपटक मात्रै सञ्चालन हुँदै आएको उडान अब चारपटक हुने भएको हो।

    images
    images

    निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काका अनुसार प्राविधिक कारणले केही समयका लागि घटाइएको उडान संख्या मर्मत सम्पन्न भएको अर्को जहाज सञ्चालनमा आएसँगै पुनः वृद्धि गरिएको हो।

    नयाँ तालिका अनुसार मङ्गलवार, बुधबार, बिहीबार र शनिबार काठमाडौँ–भोजपुर–काठमाडौँ नियमित उडान सञ्चालन हुनेछ। यसअघि बिहीबार र शनिबार मात्र उडान हुँदै आएको थियो।

    images
    images

    खड्काका अनुसार यात्रुहरूले आफ्नो यात्रा सुनिश्चित गर्न निगमको आधिकारिक वेबसाइटमार्फत अनलाइन टिकट खरिद गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

    यसैबीच, यहाँ सडक यातायात विस्तारसँगै भोजपुर–विराटनगर हवाई उडान भने बन्द भएको छ। विसं २०३५ सालमा घाँसेमैदानबाट सुरु भएको भोजपुर हवाईसेवा अहिले कालोपत्रे धावनमार्गमा सञ्चालनमा आए पनि हाल निगमकै विमानले मात्र सेवा दिइरहेको छ।

    उडान सीमित हुँदा भोजपुरबाट काठमाडौँ आउने–जाने यात्रुहरू लामो समयदेखि कठिनाइमा परिरहेका थिए। निगमले उडान बढाएसँगै यात्रुहरूलाई केही सहज हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend