images

२०८३ आश्विन २ गते

images
images
images

नेपाल एयरलाइन्सको ट्वीनअटर ‘अल्फा ब्राभो ट्याङ्गो’ मर्मत र परीक्षण उडान सफल

नेपाल एयरलाइन्सको ट्वीनअटर ‘अल्फा ब्राभो ट्याङ्गो’ मर्मत र परीक्षण उडान सफल

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौँ । कात्तिक २७, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’को मर्मत तथा परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ।

    images
    images

    निगमका प्रवक्ता अनिल घिमिरेले बुधबार जारी गरेको विज्ञप्तिमा देशका दुर्गम क्षेत्रका लागि सेवा दिँदै आएको उक्त ट्वीनअटर विमानको मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।

    विमान गत सेप्टेम्बरदेखि इन्जिन मर्मत तथा वार्षिक प्राविधिक जाँचका लागि ‘ग्राउण्डेड’ गरिएको थियो। मर्मत तथा परीक्षण सफल भएपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्वीनअटर विमानमार्फत यही कात्तिक २५ गतेदेखि आन्तरिक व्यावसायिक उडान पुनःसुरु गरेको जनाएको छ।

    images
    images

    निगमले यस कदमले विशेष गरी देशका पूर्वी भेगका दुर्गम क्षेत्रका यात्रुहरूका लागि हवाई सेवा थप सहज र नियमित हुने विश्वास व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend