धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका स्थित वडा नम्वर ५ खरीलाई सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास गर्न सुरु गरेको छ ।बाग्मती प्रदेश सरकार र स्थानीय तहले आर्थिक प्राविधिक सहयोगले किसानहरुले सुन्तला खेतीको क्षेत्रफल समेत बढाएका छन् ।कोदो र मकै खेती भन्दा आम्दानी धेरै र खेती गर्न निकै सजिलो हुने किसानहरुले सुन्तला खेतीमा आर्कषित भएका हुन् ।
बाग्मती प्रदेश सरकार र तहले आर्थिक प्राविधिक सहयोग गर्न सुरु गरे पछि त किसानहरूले सुन्तला खेतीको क्षेत्रफल समेत बढाएका छन् ।पहिले पहिले लगाएको सुन्तलाको बोटले उत्पादन समेत दिन सुरु गरेको छ भने गत साल देखी स्थानीय तहले सुन्तला खेती प्रवर्धन सुरु गरेको हो । यसले किसानहरूको आर्थिक अवस्था सुधारमा हुनुका साथै निकै ठुलो सहयोग पुगेको भनाइ किसानहरूको छ । कोदो र मकै खेती भन्दा आम्दानी पनि धेरै र खेती गर्न पनि निकै सजिलो हुने भएको अनुभव किसानहरूले गरेका छन् ।
बाग्मती प्रदेश सरकारको एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तरगत धादिङको ज्वालामुखी गाउँपालिका स्थित खरी गाउँलाई सुन्तला पकेट क्षेत्रको रूपमा विस्तार गरेको हो ।मकै र कोदो मात्रै खेती गर्दै बसेका यहाँका किसानहरूले सात वर्ष अघिदेखि सुन्तलाको व्यवसायी खेती गर्दै आएका हुन् । गत साल देखी स्थानीय तहबाट पनि सुन्तला खेती प्रवर्धनमा सहयोग सुरु गरे हो । अहिले त झनै राम्रो भएको भनाई किसानहरूको छ । बाग्मती प्रदेश सरकारको सह लगानीमा ज्वालामुखी गाउँपालिकाले गत साल मात्रै वडा नम्बर ५ खरीमा ६७लाख रुपैयाँ किसानहरूलाई सुन्तला खेती प्रवर्धनका लागी लगानी गरेको हो ।चालु आर्थिक वर्षमा पनि पचास लाखको हाराहरिमा लगानी गर्ने कार्य योजना स्थानीय तहको रहेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको भनाइ छ ।
सुन्तला खेती विस्तारका लागी स्थानीय तहको सहयोगमा किसानहरूले सात हजार दुई सय पचास ओटा उन्नत जातको सुन्तलाको बिरुवा सहित अगार्नीक मल खाल्टो खन्ने मेशिन पाएका हुन् । स्थानीय तहले यस क्षेत्रमा उत्पादन भएका कृषि उपज बिक्रीका लागी बजारी करणमा समेत अब सहयोग सुरु गर्ने र बजार व्यवस्थापनको जिम्मा स्थानीय तहले नै लिने अध्यक्ष दनैको भनाई छ । यस्ता ले किसानहरूलाई थप कृषि पेशामा आकर्षण गर्ने दाबी स्थानीय तहको छ ।किसानहरूका अनुसार पहिले भन्दा अहिले सुन्तला बिक्रीका लागी बजार सहज भएको र आम्दानी पनि राम्रो भएको बताएका छन् । गत साल भन्दा यस वर्ष झनै राम्रो सुन्तला उत्पादन भएको किसानहरूको भनाई छ ।ज्वालामुखी गाउँपालिकाको खरी स्थित डाढ गाउँमा एउटै किसानले तीन लाख देखी १५ लाखसम्मको सुन्तला बिक्री गर्ने गरेका छन् । अहिले ब्यपारीहरु पनि बारीमा नै किन्न आउने र मूल्य पनि निकै राम्रो दिने गरेको भनाइ छ । प्रतिकिलो सुन्तला एक सय बिस रुपैयाँमा बिक्री गर्ने गरेको किसानहरूको भनाई छ ।




.gif)





