images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नागरिक लगानी कोषको ३ महिनाको नाफा...

नागरिक लगानी कोषको ३ महिनाको नाफा ३१.४३ करोड

नागरिक लगानी कोषको ३ महिनाको नाफा ३१.४३ करोड

images
images
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२-८३ को प्रथम त्रैमास (साउन–असोज) ३ महिनाको अवधिमा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कोषको नाफा ४.४३ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा कोषले ३० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १८.८७ प्रतिशतले घटेर ९ करोड ७२ लाख रुपैयाँमा खुम्चिएको छ । बैंक ब्याजदर घट्दा कोषको आम्दानी घटेको हो । चालु वर्षको असोजसम्म कोषले सेवा शुल्क तथा कमिसनबापत ४२ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । 

    images
    images

    समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ९५ अर्ब ८३ करोड २३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषको कुल लगानी २ खर्ब५० अर्ब ९९ करोड ५६ लाख रुपैयाँ थियो। एक वर्षमा कोषको लगानी १७.८६ प्रतिशतले बढेको छ ।कोषले यस अवधिमसम्म धितोपत्रमा ३२ अर्ब २७ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ। जुन गत आवको भन्दा १ अर्ब ३२ करोड बढी हो। समीक्षा अवधिसम्म कोषले बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ६२ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ ।null

    चुक्तापुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषलगाायतका कोषको आकार ०.७७ प्रतिशतले बढेर ३ खर्ब १९ अर्ब १५ करोड ५६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष ती कोषमा ३ खर्ब १ अर्ब ९३ करोड २४ लाख रुपैयाँ थियो।समीक्षा अवधिसम्म कोषको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य घटेर १९.४० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.८७ रुपैयाँ थियो। लगानीमा प्रतिफल ४.८१ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १६९.०८ रुपैयाँ रहेको छ।

    images
    images

     

    null

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend