images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • जेनजी आन्दोलनमा आगजनी गर्ने १० जना...

जेनजी आन्दोलनमा आगजनी गर्ने १० जना पक्राउ

जेनजी आन्दोलनमा आगजनी गर्ने १० जना पक्राउ

images
images
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • विराटनगर । जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आगजनी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार ६ जना र शुक्रबार ४ जना गरी १० जनालाई पक्राउ गरेको हो ।

    images
    images

    प्रहरीको गाडी र चौकीमा आगजनी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी दिए । पक्राउ पर्नेमा विराटनगर र जहदा गाउँपालिकाका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ, तर अनुसन्धानको क्रममा रहेकाले उनीहरूको नाम गोप्य राखिएको छ ।

    एसपी कटुवालले भने–  ‘केन्द्रको निर्देशनपछि हामीले भदौ २४ गते आन्दोलनको नाममा प्रहरीको गाडी र प्रहरी चौकी जलाउनेहरूको खोजी गरी अनुसन्धान सुरु गरेका हौँ । हाल केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।’जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले मोरङमा प्रहरीको सीआरभी गाडी र जहदा गाउँपालिकास्थित मझारे प्रहरी चौकीमा आगजनी गरी ध्वस्त बनाएका थिए । सोही घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend