images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • उपचार गरी सभापति देउवा सिंगापुरबाट स्वदेश...

उपचार गरी सभापति देउवा सिंगापुरबाट स्वदेश फर्किए

उपचार गरी सभापति देउवा सिंगापुरबाट स्वदेश फर्किए

images
images
शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • काठमाडौँ । कार्तिक २९, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकापछि शुक्रबार स्वदेश फर्किएका छन्। उनकी पत्नी तथा सांसद आरजु राणासहित देउवा दम्पती कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका थिए।

    images
    images

    गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट कुटपिटमा परेका देउवा दम्पती नेपालमै प्राथमिक उपचार गराई असोज २४ गते सार्वजनिक भएका थिए। त्यसपछि देउवा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएर कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर थप उपचारका लागि सिंगापुर गएका थिए।

    उता, महाधिवेशन नियमित गर्ने कि विशेष, र निर्वाचनअघि कि पछि गर्ने भन्ने विषयमा कांग्रेस केन्द्रीय कार्यसमिति निरन्तर छलफलमा रहे पनि एकमतमा पुग्न सकेको छैन। दिनहुँ बस्दै आएको बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत भइरहेको छ तर ठोस निर्णय हुन नसकेको नेताहरूको भनाइ छ।

    images
    images

    सभापति देउवा स्वदेश फर्किएसँगै अब केन्द्रीय कार्यसमितिले निर्णायक बैठक गर्ने अपेक्षा गरिएको छ। नेताहरूका अनुसार मंसिर १ गते बोलाइएको बैठकमा देउवा स्वयं सहभागी हुने बुझिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend