३० कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.३५८३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल ३६ करोड ८३ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश नेपाल राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।




.gif)



