images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई...

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक बोनस

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • ३० कात्तिक, काठमाडौं । सोमबारबाट सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेललाई झनै रोमाञ्चक बनाउन विशेष फ्यान प्याक ल्याएको छ ।एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याक खरिद गर्दा विभिन्न सेवा, सुविधा बोनस स्वरुप निःशुल्क पाउने छन् ।एनपीएल फ्यान प्याक शनिबार (कात्तिक २९)बाट लागु भएको र मंसिर २७ सम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ । अफरको सूचीमा समावेश प्याकअनुसार, ग्राहकलाई २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क यूट्युब, ७५० एमबी डेटा वा १ जीबी डेटा जस्ता १ दिनका लागि मान्य बोनस उपलब्ध हुनेछन् ।

    images
    images

    ग्राहकले प्याकहरूमा प्राप्त हुने सेवा, सुविधा बाहेक थप बोनसको फाइदा लिन सक्नेछन् । ‘बोनस सेवा सुविधासँगै, ग्राहकलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी गराई थप बोनस सुविधा तथा एनपीएलको खेलको टिकट जित्ने अवसर पनि प्रदान गरिनेछ’ एनसेलले भनेको छ ।एनसेलले यस पटकको एनपीएल दोस्रो संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित सहकार्य गरेको छ ।

    एनपीएल फ्यान प्याकमा ९९ रुपैयाँको अनलिमिटेड डेटा, २ सय रुपैयाँ कम्बो, २ सय रुपैयाँको कम्बो रिन्यूवल, ३९९ रुपैयाँको सधैं अन ३९९ रुपैयाँकै सधै अन रिन्यूवल, ५९९ रुपैयाँको होम एन्ड अवे, ५९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल, ९९ रुपैयाँको अनलिमिटेड अल नेपाल, ९९ रुपैयाँको अनलिमिटेड अल नेपाल रिन्यूवल, २९९ रुपैयाँको अनलिमिटेड अल नेपाल र २९९ रुपैयाँको अनलिमिटेड अल नेपाल रिन्यूवल प्याक गरी ११ वटा प्याक रहेका छन् ।यी सबै प्याकले प्याक प्रकार अनुसार निश्चित सेवा सुविधा निःशुल्क बोनसका रुपमा सुनिश्चित गर्छन् ।‘उदाहरणका रुपमा ९९ रुपैयाँको अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन–नेट कल पाउनेछन्, ३९९ रुपैयाँको सधै अन तथा रिन्यूवल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ’ एनसेलले भनेको छ ‘त्यस्तै ५९९ रुपैयाँको होम एन्ड अवे वा यसको रिन्यूवल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क यूट्युब पहुँच प्रदान गरिनेछ भने २९९ रुपैयाँमा उपलब्ध हुने अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेले १ जीबी डेटा बोनस पाउने छन् ।’यसरी पाइने बोनस सेवा सुविधाको समयसीमा १ दिनको रहनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend