images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • १८ पटक विज्ञापन गर्दा पनि भेटिएनन्...

१८ पटक विज्ञापन गर्दा पनि भेटिएनन् शिक्षक

१८ पटक विज्ञापन गर्दा पनि भेटिएनन् शिक्षक

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • कालिकोट । नरहरिनाथ गाउँपालिका–७ उच्छव स्थित श्री रुपादेवी माध्यमिक विद्यालयले गणित विषयका लागि संघीय अनुदानको शिक्षक पदमा जागिर खुलाएको १८ पटकसम्म पनि जनशक्ति पाउन नसकेको खुलेको छ । शिक्षकका लागि उपयुक्त उम्मेदवार खोज्दै विद्यालयले पुनः १९औँ पटक विज्ञापन आह्वान गरेको छ।विद्यालय व्यवस्थापन समितिको कात्तिक ३० को निर्णयअनुसार गणित विषयका माध्यमिक तहका एक जना शिक्षक आवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट ७ दिनभित्र आवेदन दिन आग्रह गरिएको हो।

    images
    images

    विद्यालयले यसअघि १८ पटक विज्ञापन गर्दा पनि आवश्यक योग्यता पुगेको उम्मेदवार नआएको जनाइएको छ। गणित विषयमा स्नातक वा सो सरह उत्तीर्ण तथा अध्यापन अनुमति पत्र भएको, १८ देखि ४० वर्ष उमेर दायरा पूरा गर्ने नेपाली नागरिकले आवेदन दिन पाउनेछन्।लिखित, मौखिक वा प्रयोगात्मक जाँचबाट छनोट प्रक्रिया सम्पन्न गर्ने विद्यालयले जनाएको छ। आवेदन शुल्क २ हजार रूपैयाँ तोकिएको छ।विद्यालयका अनुसार शिक्षक सेवा आयोगको हालै प्रकाशित माध्यामिक तह अध्यापन अनुमति प्राप्त उम्मेदवारहरूको प्रमाणित पत्र पेश गर्नुपर्नेछ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनबहादुर विक र प्रधानाध्यापक दानबहादुर बुढाका अनुसार गणित विषयमा शिक्षक अभाव भएकाले विद्यार्थीको पठन–पाठन प्रभावित हुन थालेपछि फेरि विज्ञापन निकाल्नुपरेको हो।

    582261782_2678085159218816_4706603526085938216_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend