images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १५.७० अंकको वृद्धि, ४ अर्ब...

नेप्सेमा १५.७० अंकको वृद्धि, ४ अर्ब १० करोडको कारोबार

नेप्सेमा १५.७० अंकको वृद्धि, ४ अर्ब १० करोडको कारोबार

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज सहास उर्जाको सर्वाधिक २२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा वरुण हाईड्रोपावरको १५ करोड ६५ लाख रुपैयाँ र तेस्रोमा माउन्टेन इनर्जीको १३ करोड २५ लाख  रुपैयाँको सेयर कारोबार भएको छ । 

    यसदिन सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै,  र बुङगल हाइड्रो र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्  भने बन्दीपुर केबलकारका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले आज सर्वाधिक ३.५४ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend