काठमाडौँ । मंसिर ०३, आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान अनुसार, कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यत सफा रहने अनुमान गरिएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ। अन्य अधिकांश स्थानमा मौसम सफा रहने अपेक्षा गरिएको छ।
यसबाहेक, कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना समेत रहेको छ।
मौसम सामान्यतया स्थिर रहे पनि हिमाली क्षेत्रतर्फ जाने यात्रु तथा स्थानीयवासीलाई सावधानी अपनाउन सुझाव दिइएको छ।




.gif)





