images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • हिमालयन ब्रोकरेज कम्पनीले हकप्रद सेयर निष्कासनका...

हिमालयन ब्रोकरेज कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विशेष साधारणसभा बोलायो

हिमालयन ब्रोकरेज कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विशेष साधारणसभा बोलायो

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • ब्रोकर नम्बर ६१ का रूपमा परिचित हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गरेर आफ्नो चुक्ता पूँजी वृद्धि गर्ने तयारी गरेको छ। पूँजी विस्तारसम्बन्धी विशेष प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १९ गते विशेष साधारणसभा आह्वान गरेको जानकारी दिएको छ।

    images
    images

    सभामा कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाउनेछ। हकप्रद जारी भएपछि कम्पनीको जारी तथा चुक्ता पूँजीमा हुने परिवर्तन अनुसार प्रवन्धपत्र, नियमावली तथा आवश्यक कागजातहरूमा संशोधन गर्न सक्ने अधिकार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि प्रस्तुत हुन तयारी गरिएको छ।

    यदि नियामक निकाय वा अन्य सम्बन्धित संस्थाबाट कुनै परिवर्तन, थपघट वा परिमार्जन गर्न निर्देशन आएमा, त्यही अनुसार आवश्यक संशोधन गर्न सक्ने अख्तियारी पनि समितिलाई प्रत्यायोजन गरिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend