images

२०८३ आश्विन २ गते

images
images
images

ताप्लेजुङको तेम्बा बजारमा आगलागी

ताप्लेजुङको तेम्बा बजारमा आगलागी

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • ३ मंसिर, काठमाडौं ।  ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् ।मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् ।

    images
    images

    चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेको र करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष सलिना बराइलीले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालयले भने क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।स्थानीयका अनुसार एक मोटरसाइकलमा आगलागी भएको र त्यसलाई नालीतिर पल्टाउन खोज्दा घरमा आगो सल्किएको थियो । दमकलको सुविधा नहुँदा आगो निभाउन कठिनाइ हुने गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष बराइलीले बताइन् ।  ‘दमकल छैन, स्थानीय स्रोत साधनबाट आगो निभाउन गाह्रो हुने गरेको छ,’ उनले भनिन् ।२०७७ साल फागुनमा ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend