images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ४.९८ अंकको गिरावट, ३ अर्ब...

नेप्सेमा ४.९८ अंकको गिरावट, ३ अर्ब ७७ करोडको झर्‍यो कारोबार

नेप्सेमा ४.९८ अंकको गिरावट, ३ अर्ब ७७ करोडको झर्‍यो कारोबार

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • काठमाडौं।  साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोडको सेयर कारोबार भएको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । 

    images
    images

    आज बरुण हाइड्रोको सर्वाधिक २७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सहास उर्जा १९ करोड ६० लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको १५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन माबिलुङ इनर्जी र दरमखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टीलरी, हिमस्टार र बुंगल हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ६.०३ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend