काठमाडौँ । मंसिर ०४, आज देशका अधिकांश भूभागमा मौसम सामान्य रूपमा खुलेको रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा बिहानैदेखि आंशिक बदली देखिएको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो पनि पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सफैला रहने महाशाखाले जनाएको छ। कोशी तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको जानकारी दिइएको छ।
महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएकाले व्यापक वर्षा वा ठूलो मौसमीय गतिविधि देखिने सम्भावना छैन।




.gif)





