काठमाडौँ । मंसिर ०५, आज देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने क्रममा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भएको छ।
कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि उस्तै प्रवृत्ति रहने महाशाखाले जनाएको छ। देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने तराई तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाहिमपातको सम्भावना दोहोरिने अनुमान छ।
महाशाखाका अनुसार देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम सामान्य अवस्थामा रहेको छ।




.gif)





