काठमाडौँ । मंसिर ८, सरकारले आम नागरिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने उद्देश्यले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा आवद्धता बढ्दै जाँदा कोषमा जम्मा रकम झण्डै रु एक खर्ब नाघ्ने अवस्थामा पुगेको छ। कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार ३६२ पुगेको छ।
कोषमा सूचीकृत रोजगारदाताको संख्या २२ हजार ३०९ पुगेको छ भने सूचीकृत योगदानकर्ता संख्या २६ लाख ४१ हजार १८९ पुगेको छ। कोषले विभिन्न योजना अन्तरगत हालसम्म रु १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ बराबरको दाबी रकम भुक्तानी गरिसकेको छ।
विभिन्न शीर्षकमा भुक्तानी वितरण,औषधोपचार, स्वास्थ्य तथा मातृत्व रु २ अर्ब ५१ करोड २० लाख ९४ हजार ८२२,दुर्घटना तथा अशक्तता रु २२ करोड ८६ लाख ५३ हजार ४७५,आश्रित परिवार सुरक्षा रु २९ करोड ७ लाख ७२ हजार ११६,अवकाश (पेन्सन) दाबी रु १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१
वैदेशिक रोजगार जाने श्रमिक अनिवार्यरूपमा सहभागी,सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि कोषमा अनिवार्य सहभागी बनाएको नियम लागू गरेपछि आवद्धता र कोषको प्रभावकारिता बढेको कोषको भनाइ छ। यससँगै उद्योग व्यवसाय, संघसंस्था तथा स्वरोजगार श्रमिक समेत योगदानकर्ता बन्न सक्ने व्यवस्था गरिएको छ।
कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोपचार, पेन्सन, दुर्घटना तथा अशक्तता, आश्रित परिवार सुरक्षा, वृद्धावस्था सुरक्षा जस्ता सुविधाहरू प्राप्त गर्छन्।
बढ्दो कोष, थप योजनाको आवश्यकता,सामाजिक सुरक्षा कोषमा रकम तीव्र रूपमा बढ्दै गएसँगै नयाँ लगानीका विकल्प खोज्नुपर्ने र थप सिर्जनशील योजना ल्याउनुपर्ने माग बढ्दो छ।




.gif)





