८ मंसिर, पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा मंसिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।कार्तिक २४ गते बसेको कार्यपालिका बैठकले विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका मंसिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।यस निर्णय अनुसार नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघ संस्थामा सार्वजनिक बिदा हुने छ ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर भित्र रहेका भगवान राम र सीतासंग सम्बन्धित ऐतिहासिक धार्मिक धार्मिक स्थलहरुको महत्व उजार गर्न यस वर्ष सीताकुण्डमा विवाह पञ्चमी भव्यताका मनाउन लागिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिका–३ सीताकुण्डमा राम–सीता विवाह उत्सवको तयारी भइरहेको छ ।रामपुर नगरभित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगायतका धार्मिक स्थलहरु रहेका छन् ।




.gif)



