गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् ।गाजाका अस्पतालका चिकित्सा स्रोतका अनुसार गाजा सहरको पूर्वमा अल–तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको हो ।खान युनूसको पूर्वमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै थप दुई जना घाइते भएका प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए) ले बतायो ।
यसैबीच, खान युनूसको पूर्वमा रहेको बानी सुहेला सहरमा भएको इजरायली ड्रोन आक्रमणका घाइतेको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।एजेन्सीले इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा आक्रमण जारी राखेको र गाजा सहरको पूर्वको अल–तुफाहमा विस्फोटक पदार्थले भरिएका गाडीहरू विस्फोट गरिरहेको रिपोर्ट गरेको छ ।
गाजामा युद्ध अन्त्य गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गाजा पट्टीबाट कब्जा बलहरू फिर्ता तथा उत्तरी गाजामा विस्थापित मानिसहरूको फिर्ती सुरु भएपछि हमास र इजरायली निकाय बिचको युद्धविराम सम्झौता अक्टोबर ११ देखि लागु भएको थियो ।




.gif)





