images

२०८३ आश्विन २ गते

images
images
images

१४ मंसिरदेखि सानिमा बैंकले सधैंका लागि बन्द गर्ने भयो इन्टरनेट बैंकिङ सेवा

१४ मंसिरदेखि सानिमा बैंकले सधैंका लागि बन्द गर्ने भयो इन्टरनेट बैंकिङ सेवा

images
images
बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • काठमाडौँ ।  सानिमा बैङ्कले आगामी १४ मंसिरदेखि आफ्नो इन्टरनेट बैंकिङ सेवा सधैंका लागि बन्द गर्ने भएको छ । मोबाइल बैंकिङ र डिजिटल भुक्तानीका अन्य माध्यमको प्रयोग बढेसँगै इन्टरनेट बैंकिङका सक्रिय प्रयोगकर्ता उल्लेख्य रूपमा घटेपछि बैङ्कले यो सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    images
    images

    पछिल्लो समय नेपाल क्लियरिङ हाउस (एनसीएचएल) अन्तर्गतको कनेक्ट आईपीएस र मोबाइल बैंकिङ जस्ता विकल्पहरू लोकप्रिय बन्दै गएका छन् । ग्राहकले यी माध्यमबाटै सहज रूपमा बैंकिङ कारोबार गर्न थालेपछि अतिरिक्त सञ्चालन खर्च गरेर इन्टरनेट बैंकिङ सेवा दिइराख्नु आवश्यक नदेखिएको बैङ्कले जनाएको छ ।

    बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी पवन कुमार आचार्यका अनुसार विगतमा सेवा लिएका ग्राहकहरूमध्ये हाल सक्रिय प्रयोगकर्ताको सङ्ख्या ज्यादै न्यून विन्दुमा पुगेको छ । "हामीले अध्ययन गर्दा सक्रिय प्रयोगकर्ता एकदमै कम भेट्यौं । त्यसमाथि सेवाको प्रयोग अन्तर-बैङ्क कारोबारभन्दा पनि सानिमा बैङ्कभित्रैको भुक्तानीमा सीमित देखियो," आचार्यले भने, "मोबाइल बैंकिङदेखि कनेक्ट आईपीएस र कर्पोरेट पे जस्ता विकल्प उपलब्ध भइसकेको अवस्थामा यो सेवालाई निरन्तरता दिनु औचित्यपूर्ण देखिएन ।"बैङ्कले हाल कति प्रयोगकर्ता छन् भन्ने यकिन तथ्याङ्क सार्वजनिक नगरे पनि सक्रिय ग्राहकको सङ्ख्या अत्यन्त न्यून रहेकाले सेवा ‘डिस्कन्टिन्यु’ गर्न लागिएको स्पष्ट पारेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend