काठमाडौँ । सामाजिक सुरक्षा कोषले एक खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ ।सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित एक सय २६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिए । आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा उनले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताए । निर्देशक अधिकारीकाअनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतिमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, चार अर्ब ५२ करोड डिबेञ्चरमा, एक अर्ब ९५ करोड म्याचुयल फण्डमा लगानी गरेको जानकारी दिए ।
यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत सात अर्ब ७९ करोड ८३ लाख रकम लगानी गरेको छ ।योगदानकर्ता सापटीअन्तर्गत कोषले वार्षिक ५दशमलव२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५दशमलव८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिनेगरी अधिकारीले बताए । कार्यकारी निर्देशक अधिकारीले भने, ‘योगदानकर्ता सापटीअन्तर्गत कोषले वार्षिक ५दशमलव२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५दशमलव८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिने गरेको छ ।
योग्य योगदानकर्तालाई सहुलीयतपूर्ण सापटी लिनसमेत आग्रह गर्दछु। बैंकिङ क्षेत्रमा अधिक तरलताका कारणले प्रभावकारी रुपमा लगानी गर्न सकिएको छैन । यो अल्पकालीन चुनौती हो ।कोषको योजनाको प्रभावकारी कार्यान्वयनमार्फत वार्षिक एक खर्बसम्म संकलन गर्न सक्ने र त्यो रकमलाई राज्यको पूर्वाधार निर्माणमा लगाउन सकिने सम्भावना छ । वैदेशिक क्षेत्रको नियमितता गर्नु, अनौपचारिक क्षेत्रको सहयोगदानको सुनिश्चितता गर्दै आवद्धता गर्नु कोषको चुनौती हो ।’अधिकारीका अनुसार कोषमा श्रमिकको आवद्धताका लागि एक सय १४ ओटा पालिकासँग एमओयू गरिसकिएको बताए ।केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उनको भनाइ छ ।




.gif)





