images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • शिक्षा मन्त्रालयले मानव स्रोतलाई पठायो यस्तो...

शिक्षा मन्त्रालयले मानव स्रोतलाई पठायो यस्तो पत्र

शिक्षा मन्त्रालयले मानव स्रोतलाई पठायो यस्तो पत्र

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षा सेवाअन्तर्गत स्थानीय तहका अधिकृत स्तर (छैटौँ, सातौँ र आठौँ तह) का लागि एक महिनाको शैक्षिक व्यवस्थापनसम्बन्धी सेवाकालिन तालिममा सहभागी हुने ६५ जना अधिकृतहरूलाई मनोनयन गरेको छ।मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाबाट जारी सूचनाअनुसार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको माग र मन्त्रालयद्वारा गत साउन २८ गते जारी सूचना पश्चात् प्राप्त निवेदनहरूको मूल्यांकनपछि मुख्य र वैकल्पिक गरी मनोनयन सूची तयार पारिएको हो।

    images
    images

    यो निर्णय मन्त्रालयको सचिवस्तरको गत कात्तिक २४ को निर्णय बमोजिम कार्यान्वयन गरिएको उल्लेख छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको गत साउन १६ गतेको पत्रमा माग गरिएको तालिमका लागि उम्मेदवार छनोट गरी पठाइएको मन्त्रालयले जनाएको छ।मन्त्रालयले चयन भएका अधिकृतहरूले निर्धारित समयभित्र तालिममा अनिवार्य रूपमा सहभागी हुन सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend